Rule 52
सम्पत्ति रोक्का सम्बन्धी व्यवस्था
(१) ऐन र यस नियमावली बमोजिम बुझाउनु पर्ने कर, दस्तुर र ब्याज करदाताले नियम ३० बमोजिमको म्यादभित्र नबुझाएमा कर अधिकृतले ऐनको दफा २१ बमोजिम बक्यौता कर, दस्तुर, जरीवाना र ब्याज असुल गर्नको लागि सम्पत्ति रोक्का राख्न सक्नेछ ।
(२) उपनियम (१) को प्रयोजनको निमित्त करदाताको सम्पत्ति रोक्का गर्दा देहायबमोजिम गर्नु पर्नेछः
(क) सूचना दिइसकेपछि करदाताको चल वा अचल सम्पत्ति कर दाखिल नगरेसम्म बिक्री वितरण वा हक हस्तान्तरण गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित कार्यालयमा रोक्का गर्न लेखी पठाउने ।
(ख) करदाताको कुनै सम्पत्ति कुनै व्यक्ति विशेषको संरक्षणमा वा साथमा छ भन्ने कर अधिकृतले थाहा पाएमा त्यस्तो सम्पत्ति
रोक्का गर्न सम्बन्धित व्यक्तिलाई कर अधिकृतले यस नियमको अधीनमा रही आदेश दिने ।